१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित ५ राजदूतविरुद्ध कुनै उजुरी परेन



अ+ अ-

काठमाडौं । १० दिनको म्याद दिएर समितिले पाँच देशका लागि प्रस्ताव गरेको राजदुत माथि कुनै उजुरी परेको छैन । संसदीय सुनुवाई समितिले विभिन्न पाँच देश तथा नियोगका लागि प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी आहृवान गरेपनि उनिहरु बिरुद्द कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।

समितिले यहि पुस १८ गतेसम्म १० दिनको म्याद सहित प्रस्तावित पाँच राजदूतहरुविरुद्ध उजुरी आहृवान गरेपनि निर्धारित समयसम्म कुनै उजुरी प्राप्त नभएको सुनुवाई समितिले स्पष्ट पारेको छ ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेको थियो ।

यसैगरी, दुर्गाप्रसाद भण्डारी कुवेतका लागि, भृगु ढुंगानालाई क्यानाडाका र क्युबा तथा जमैकाका, मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

आगामी माघ २ वा ३ गते प्रस्तावित राजदूतहरुको सुनुवाई गर्ने तयारी भइरहेको छ ।