२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेल्ने क्रममा एक खेलाडीको मृत्यु



अ+ अ-

काठमाडौँ । क्रिकेट खेल्दा खेल्दै एक खेलाडीको ज्यान गएको छ। रन लिने क्रममा एक भारतीय क्रिकेटरको हर्टअट्याकको कारण ज्यान गएको हो।


खेलमा रन लिएपछि जब नन स्ट्राइकमा पुगे। तब उनी मैदानमा ढलेका थिए। यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको ज्यान गएको भारतीय मिडियाहरूले जनाएका छन्।


गोवाका पूर्व रणजी क्रिकेटर ४६ वर्षिय राजेश घोडगे आइतबार दक्षिण गोवामा भइरहेको एक प्रतियोगितामा रन लिए लगत्तै मैदानमै ढलेका थिए।

प्रतियोगितामा ३० रन बनाइसकेका घोडगे नन स्ट्राइकहुँनासाथ मैदानमा ढलेको प्रतियोगिता आयोजक मार्गावो क्रिकेट क्लबका सचिव पूर्व भाम्ब्रेले बताए।


मैदानमै लडेका उनलाई नजिकको ईएसआई अस्पतालमा लगिएको थियो। त्यसपछि थप उपचारका लागि ३० किमी टाढा एक निजी अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल भर्ना गरेलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।


घोडगे प्रतियोगिता आयोजना गर्ने क्लबका सचिवसमेत थिए। भाम्ब्रेका अनुसार यसअघि उनलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या थिएन। घोडगेले गोवाका लागि दुई पटक रणजी प्रतियोगिता खेलेका थिए। यस्तै सन् १९९० को दशकमा उनले कही एक दिवसीय प्रतियोगितासमेत खेलेका थिए।


यसअघि पनि अष्ट्रेलियाका फ‍िल‍िप ह्रयूजले क्रिकेट मैदानमै ज्यान गुमाएका थिए। उनलाई बलले लागेको थियो।