६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वैशाखदेखि पेट्रोलियम पदार्थ पाइपलाइनबाट आउने

वैशाखदेखि पेट्रोलियम पदार्थ पाइपलाइनबाट आउने
अ+ अ-

वीरगञ्ज । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।

सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलव २५ किमी छ ।

परियोजनाअन्तर्गत पाइपबिछ्याउने काम द्रुतगतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

नेपालतर्फ ३७ दशमलव २५ किलोमिटर भू–भागमध्ये गण्डकदेखि परवानीपुरसम्म करीब एक किमी र पर्सा राष्ट्रिय निकुञ्जको नौ किमी गरी कुल १० किमी भू–भागमा मात्र पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले बताउनुभयो ।

भारत विहारको राजधानी पटना हुँदै सिवान र मोतिहारीदेखि रक्सौलसम्म पाइपलाइन आउने भएकाले सो क्षेत्रमा करीब चार किमी पाइप ओछ्याउने काम बाँकी रहेको छ भने सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराइ वीरगञ्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको बताइएको छ ।

नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको सो उक्त परियोजना भारतीय आयल कर्पोरेशन (आइओसी) को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ ।

परियोजनाले सन् २०१९ को फेब्रुअरीसम्म पाइप गाड्ने काम सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ । जितपुर तथा परवानीपुरको केही भू–भागमा जमीनमुनि दुलो पारेर (ड्रिलिङ प्रविधिबाट) पाइप गाडिएको छ । यो प्रविधिबाट सडकको पैदलमार्ग (फुटपाथ) को ठीक तल जमीनमुनि आठदेखि १६ मिटरसम्म पाइप गाडिएको छ । पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यस भेगका करीब छ हजार ५०० ठूला तथा चार हजारजति साना रुख काट्नुपर्ने देखिन्छ ।

परियोजनाले शुरुमा भारतीय सीमावर्ती बजार रक्सौलबाट पाइप ल्याउने भनिए पनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेकाले काम बढ्न गएको हो । भारतीय आयल कर्पोरेशनले मोतिहारी डिपोलाई पूर्णरुपले बनाई नसकिएकाले केहि ढिलो भएको प्राविधिकको भनाइ छ ।

पहिलो चरणमा एक सय ९० किलोलिटर प्रतिघण्टाका दरले विहारको राजधानी पटनाबाट डिजल आउनेछन् । तर मोतिहारी डिपो सञ्चालनमा आएपछि प्रतिघण्टा २०० किलोलिटर डिजल अमलेखगञ्ज डिपोमा भण्डारण हुनेछन् । भारतीय पक्षले सन २०१९ सम्म मोतिहारी डिपोको निर्माण सम्पन्न गरी सक्ने लक्ष्य लिएको छ ।

मल्टी प्रोजेक्ट पाइपलाइन भएकाले यसबाट डिजल, पेट्रोल र मटितेलसमेत आयात हुनेछन् । परियोजना सञ्चालनमा आएपछि शुरुमा डिजेलमात्र आयात गरिने छन् । मागको करीब ६० प्रतिशत डिजल पाइपबाट नेपाल भित्रिने नेपाल आयल निगमले जनाएको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपाललाई निकै आर्थिक लाभ हुने यहाँका व्यापारीको भनाइ छ । यसबाट वीरगञ्ज नाका तथा भन्सार क्षेत्रमा हुने लामो जाम र भीड अन्त्य हुने तथा वीरगञ्ज पथलैया सडक खण्डमा हुने ट्याङ्करको चाप पनि घटेर जाने विश्वास लिइएको छ ।

नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाकाबाट भित्रिने भएकाले पनि पाइपलाइन सञ्चालनमा आएपछि सहज हुने विश्वास लिएको छ ।

नेपाल आयल निगमले अहिले भारतको बैरगनिया र रक्सौलस्थित भारतीय आयल कर्पोरेशनको डिपोबाट पेट्रोलियम पदार्थ पेट्रोल, डिजल, मट्टितेल, हाइस्पीड डिजल र हवाई इन्धन ट्याङ्करमार्फत अमलेखगञ्ज डिपोमा आयात गर्दै आएको छ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्ज डिपोमा ल्याउने लक्ष्य नेपाल आयल निगमले लिएको छ । सरकारले मोतिहारी अमलेखगञ्ज पाइपलाइनलाई भविष्यमा विस्तार गरी चितवनसम्म लैजाने लक्ष्य लिएको छ ।

करीब १४ वर्ष अगाडि सन् २००४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच भएको सममmदारीअनुसार पाइपलाइनमार्फत नेपालमा सिधै पेट्रोलियम पदार्थ ल्याउने उद्देश्यसहित परियोजनाले गति लिए पनि खासै प्रगति भने देखिएको थिएन । पाँच वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक नेपाल भ्रमण गर्दा तत्कालीन संविधानसभामा पाइपलाइन परियोजनालाई अघि बढाउने भनेपछि यो परियोजनाले गति लिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा भएको भारत भ्रमणका क्रममा नयाँ दिल्लीको हैदराबाद हाउसबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा शिलान्यास गरेपछि सो परियोजनाले गति लिएको हो । अहिले नेपालतर्फ वीरगञ्ज भन्सारको शङ्कराचार्य द्वार नजिक पाइपलाइन निर्माणका लागि खाल्डो खनेर जमीनमुनि पाइप बिछ्याउने काम भइरहेको छ ।