६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी

कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी
अ+ अ-

वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

उहाँले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई “उत्तेजित नबनाउन” पनि आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने आकस्मिक घोषणा गर्नुभएको थियो । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक रहेको विश्वास गरिन्छ । उहाँले सिरियाबाट सैन्य फिर्ताका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीका बारेमा हालका दिनहरुमा फुकीफुकी ट्वीट गरिरहनुभएको छ ।

राष्ट्रपति ट्रम्पका उच्च कुटनीतिज्ञ अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अहिले मध्यपूर्वका मुलुकहरुको भ्रमणमा हुनुहुन्छ । अमेरिकी समर्थनप्राप्त सिरियाली कुर्दिस गठबन्धनको भविष्यका बारेमा अमेरिका र टर्कीबीच उत्पन्न पछिल्लो तनाबलाई मत्थर बनाउन विदेशमन्त्री पोम्पेओले क्षेत्रका नेताहरुसँग परामर्श गरिरहनुभएको छ ।

सिरियाली कुर्दिसले इस्लामिक स्टेट्स विरुद्धको लडाइँमा अमेरिकी नेतृत्वको फौजलाई सहयोग गरेको थियो । सिरियाली कुर्दिस लडाकूहरु अमेरिकी फौजको फिर्तीसँगै आफूहरुमाथि टर्कीले सैन्य कारबाही गर्ने भयमा छन् ।

अमेरिकी समर्थनप्राप्त कुर्दिस लडाकूको सुरक्षालाई ध्यान दिएर मात्र अमेरिकी सैनिक फिर्ता हुने बताएपछि टर्कीले त्यसप्रति कडा आपत्ति जनाएको छ । टर्कीले कुर्दिस लडाकू समूहलाई आतङ्ककारीको रुपमा व्यवहार गर्दछ ।

“कुर्दमाथि आक्रमण गरिए टर्कीले गम्भीर आर्थिक क्षति व्यहोर्नुपर्नेछ,” ट्रम्पले ट्वीटमा भन्नुभएको छ । उहाँले कुर्दिस लडाकूका लागि ३० किलोमिटरको सुरक्षित क्षेत्र बनाउने प्रस्ताव अघि सार्नुभएको छ ।

सुरक्षित क्षेत्र बनाउने बारेमा उहाँले विस्तृत विवरण सार्वजनिक गर्नुभएको छैन । खासगरी, यस्तो क्षेत्र बनाउँदा लाग्ने खर्च कसले व्यहोर्छ भन्ने प्रस्ट भएको छैन ।

इस्लामिक स्टेट विरुद्ध अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा कुर्दिसको प्रभुत्व रहेको सिरियन डेमोक्रेटिक फोर्सेज ९एसडीएफ० ले मद्दत गरेको थियो । एसडीएफको गठन नै कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके० सँग निकट सम्बन्ध रहेको वाइपीजीले गरेको छ । वाइपीजीलाई टर्कीले आतङ्ककारी समूहको संज्ञा दिने गरेको छ ।

पीकेकेले स्वतन्त्र राष्ट्रको माग गर्दै दशकौंदेखि टर्की विरुद्ध छापामार युद्ध चलाइरहेको छ ।