१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना, मुख, दाँया हात र कम्मरमा चोट



अ+ अ-

जनकपुरधाम । आईतबार प्रदेश नम्बर २ का मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना भएका छन् ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आफ्नो आफन्तलाई जागिर नदिएको रिशमा कुटपीटमा परेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा आज अस्पताल भर्ना भएका हुन् । झालाई जनकपुरस्थित केयर नर्सिङ होममा राखिएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।

सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेको थिए । झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाको परिवार स्रोतले जनाएका छन् ।

आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

आइतबार घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यी छानविन टोली गठन गरेका छन् । टोलिले सोमबारबाट छानबवन सुरु गर्ने बताएका छन् ।