८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारकै ठूलो जहाज ‘एअरल्यान्डर’ यसकारण थन्कियो



अ+ अ-

काठमाडौँ । संसारकै सबभन्दा ठूलो जहाज ‘एअरल्यान्डर १०’ ग्राउन्डेड भएको छ। छ वटा परीक्षण उडान सकेर यो जहाज अब थन्किने भएको हो।

नमूनाका रूपमा बनेको यो पहिलो मोडलका आधारमा अब नयाँ जहाज बन्नेछन्। सन् २०२० मा नयाँ एअरल्यान्डर १० आकाशमा देखिने उत्पादक कम्पनी हाइब्रिड एअर भेइकल्स ले जनाएको छ।
इंल्यान्डको बेडफोर्डसायरमा रहेको कम्पनीलाई यी मोडलका अरू जहाज उत्पादन गर्न बेलाचतको नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएको छ।


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीन सय फिट लामो जहाजको दोस्रो परीक्षण उडानमा दुर्घटना भएको थियो। छेठौं परीक्षण उडान भने सफल भएको बताइएको छ। अब यसका कमजोरीहरू सुधारेर नयाँ जहाज उत्पादन थालिने कम्पनीले बताएको छ।
लक्जरीु जहाज एअरल्यान्डर १० मा १५० फिट लामो क्याबिन छ। जसमा सुइट कोठा तथा बारको सुविधा छ। यसमा शिशाको भुइँ छ।


दुई वटा जहाज जोडिएका जस्तो देखिने एअरल्यान्डर १६ हजार फिटसम्मको उचाइमा पुग्ने क्षमता राख्छ। बढीमा १९ जना यात्रु बोकेर यो तीन दिनसम्म उडिरहन सक्छ।
अब बन्ने नयाँ मोडलको एअरल्यान्डरको आकार पनि अहिलेकै जत्रो हुनेछ। अरू प्रविधि र सुविधाका बारेमा भने कम्पनीले जनाएको छैन।