११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकताको घोषणा गर्ने चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न, कथा वाचनको प्रशंसा शिक्षकहरुको आन्दोलन आज पनि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की आईपीएलमा आज बेंगलुरु र राजस्थान खेल्दै, राजस्थानको कप्तानी रियान परागले सम्हाल्ने बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै



अ+ अ-

अत्तरिया । शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।


कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर ईश्वर बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सहजपुर–बोगटान सडक कालोपत्रे रु दुई अर्ब ५ करोडमा ठेक्का भई निर्माण अघि बढेको छ । कालोपत्र ३० महीनाभित्र सम्पन् गरिने जनाइएको छ ।


कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदारसम्म २८ किमी सडक कालोपत्रेका लागि निर्माण कम्पनीका कर्मचारीहरु खटिई सकेको म्यानेजर बस्नेतले बताउनुभयो ।


सडक कालोपत्रे गर्ने क्रममा कैलाली र डोटीमा गरी झण्डै छ हजार रुख काट्नुपर्ने अवस्था आएकाले सो प्रक्रिया पनि अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले सडक कालोपत्रे गर्न लागेको कुमार श्रेष्ठ निर्माण सेवाका कन्ट्रयाक्ट म्यानेजर बस्नेतले बताउनुभयो ।

आर्थिक समृद्धिमा मेरुदण्ड मानिएको सो सडकले कैलालीका तत्कालीन दुई र डोटीका १७ गाविसका बासिन्दालाई जोड्छ । सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटानको सिमचौर भएर दिपायल जोड्ने उक्त सडक २०४२ सालमा शिलान्यास भएको थियो ।