१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट घटनाको सत्यतथ्य छिट्टै बाहिर ल्याउँछौं, दोषि मन्त्री नै भएपनि कारवाही गर्छु : मन्त्री यादव



अ+ अ-

जनकपुरधाम । प्रदेश २ मा मन्त्रीद्वारा सचिव कुटिएको घटनाका छानबिन समितिका संयोजक ज्ञानेन्द्र यादवले छिटै सत्यतथ्य के हो ? भन्ने कुरा सार्वजनिक गरिने बताएका छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका यादवले दोषी जो कोहि देखिएपनि कारबाही गरिने कुरामा ढुक्क हुन संचार माध्यमलाई आह्वान गरेका छन् ।

आइतवार आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आफ्नो आफन्तलाई जागिर नदिएको रिशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाइ अस्पताल भर्ना हुनेगरि कुटपिट गरेका थिए ।

उक्त घटना छानबिनका लागि प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री यादवको संयोजकत्वमा तीन सदस्यीय समिति सोमबार गठन गरिएको थिए । समिति संयोजक यादव सोमबार सचिव झासँग घटनाबारे बुझ्न उनी भर्ना भएको जनकपुरको केयर नर्सिङ होम पुगेका थिए ।

अस्पतालबाट फर्किएपछि सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै मन्त्री यादवले भने ‘जोसुकै भए पनि कारबाही हुन्छ, कुन किसिमको दोष छ, त्यही अनुसार कारबाही हुन्छ ।’ उनले अप्रिय कुरालाई निरुत्साहित गर्दै जानुपर्ने बताए ।

सत्यतथ्य कुरा बाहिर नआईकन संचार माध्यमको भरमा यहि दोषि हो भनेर कारवाहि गरिने स्थिति नभएकाले केहि दिन कुर्न आग्रह गरेका हुन् ।

झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाको परिवार स्रोतले यसअघि नै जनाकारी दिसकेका छन् ।