१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरोको ठक्करबाट चितवनमा दुईको मृत्यु



अ+ अ-

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थाम्पालकोट–४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन् । 

प्रहरीका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा६च ३११० नंको बोलेरोले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नंको मोटरसाइकललाई साँझ ५ः२० बजे ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ६ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको प्रहरीले जनाएको छ ।