२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक भ्रमणमा गएकी बालिका बेपत्ता



अ+ अ-

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् ।

कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिनुभयो । नगरकोट, काठमाडाँै, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको उहाँले बताउनुभयो ।

शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताउनुभयो ।