६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

देवघाटमा भक्तजनको घुइँचो

देवघाटमा भक्तजनको घुइँचो
अ+ अ-

चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका छन् । उनीहरु स्नान गरेर फर्कने र अरु थप आउने क्रम जारी छ । देवघाटको बेनिका नदी तटीय क्षेत्र, चितवन र तनहुँतर्फका मठमन्दिर, आश्रम, बाटोघाटो सबै क्षेत्र भक्तजनले भरिएको पौडेलले बताउनुभयो । सोमबार साँझ देवघाटको महेश सन्यास आश्रममा मध्यरातसम्म मकर काव्ययामीनि कार्यक्रम भएको थियो । आज दिउँसो गलेश्वर आश्रमको वेदवेदान्त विद्यालयमा एक दिवसीय सन्त सम्मेलन हुँदैछ ।

विभिन्न उपसमिति गठन गरी व्यवस्थापनको काम गरिएकाले कुनै समस्या नभएको पौडेलले बताउनुभयो । आज दिउँसोसम्ममा करीक पाँच लाख भक्तजनले देवघाटमा स्नान र दर्शन गर्ने अनुमान गरिएको पौडेलको भनाइ छ । नारायणगढ मुग्लिन सडकखण्डको अवस्थामा सुधार आएपछि यस वर्ष भक्तजनको चाप बढेको उहाँले बताउनुभयो ।

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा आज व्रतबन्ध गर्नेको भीड छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा दुवैतर्फ प्रहरी र स्वयंसेवकले आलोपालो सुरक्षा दिएका छन् । ठूलो सङ्ख्यामा भक्तजन आएकाले सुरक्षा प्रबन्ध चुस्त बनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित आफू सोही क्षेत्रमा रहेको बताउनुभयो । उहाँले स्नान गर्दा समस्या हुनसक्ने भन्दै सशस्त्र प्रहरीको विशेष टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।

मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम गए राति देखिनै चलिरहेको छ । देवघाटमा स्नान गरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम र यज्ञ यागादी गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको हो ।