१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेष्टर सिटीको सहज जित, लिभरपुलसँगको अंक दूरी ४ मा झर्यो



अ+ अ-

काठमाडौं । गाब्रियल जेसिसको दुई गोलसँगै म्यानचेष्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ । जितसँगै सिटिको जारी लिगमा लिग लिडर लिभरपुलसँगको अंक दूरी ४ मा झारेको छ ।

सोमबार राति भएको खेलमा म्यानचेष्टर सिटीले वोल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दशौं मिनेटमा जेसिसको गोलबाट अग्रता लिएको थियो । खेलको १९ औं मिनेटमा भ्रमणकारी टोलीलाई झड्का लाग्यो । उसका बोली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भयो ।

३९ औं मिनेटमा पाएको पेनाल्टीमा जेसिसले नै गोल गरेपछि पहिलो हाफमा सिटी २–० ले अगाडि रह्यो ।

खेलको ७८ औं मिनेटमा कोडीले आत्मघाती गोल गरेपछि म्यानचेष्टर सिटी ३–० गोलले विजयी भएको छ ।

जितसँगै उसको २२ खेलबाट ५३ अंक भएको छ । समान खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ११ औं स्थानमा रहेको वोल्भ्सको २९ अंक छ ।