५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुर्रे पहिलो चरणमै पराजित, भावुक हुँदै भने- खेलमा फर्किन सकिन



अ+ अ-

काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको पहिलो चरणमा बेलायती खेलाडी एण्डी मुर्रे पराजित भएका छन् । उनि पहिलो चरणमै स्पेनका रोबेर्टो बाएटिस्टासँग पराजित भएका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सक्नेजति दिएँ, तर पुगेन ।’ उनले आफु
पाँच सेटमा फर्किने भरपूर प्रयास गरेपनि फर्किन नसकेकोमा चिन्तित भएका थिए ।

तीनपटकको ग्राण्ड सलाम विजेता मुर्रे आफ्नो पहिलो खेलमै पराजित भएपछि पत्रकार सम्मेलनमा निकै भावुक देखिएका थिए ।

उनको हिपमा समस्या भएको र त्यो गम्भीर बन्दै गएको कारण गत शुक्रबार मात्रै खेलबाट सन्यास लिने निर्णय गरेका थिए ।