२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख घुस सहित आमाछोरा पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिष्टार गीता कुमारी पन्थीलाई नियन्त्रणमा लिएको छ ।

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको स्कुलको बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिएको टोलीले पन्थीलाई पक्राउ गरेको हो ।

सहायक रजिष्टार पन्थीले सेवाग्राहीसँग रू १,००,००० घुसबापतको रकम लिई छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई काठमाडौं महानगरपालिका वडा नं.१४ स्थित एन.एम.बि. बैङ्कको पार्किङ्गबाट हिजो नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।