६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

समयमै परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ

समयमै परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ
अ+ अ-

चितवन । समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न ठाउँमा पुगेर महिलाको पाठेघरको मुखको परीक्षण गर्दै आएको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई परीक्षणसम्बन्धी तालीमसमेत दिँदै आएको छ ।

अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला सिवाकोटी अस्पतालमा सन् २०१७ मा ४ हजार ९७५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउनुहुन्छ । उहाँका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा पाठेघरको मुखको क्यान्सर देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको थियो ।

सिवाकोटीका अनुसार महिलामा देखिएका क्यान्सरमध्ये २० प्रतिशत पाठेघरको मुखको क्यान्सर रहेको छ । प्रविधि र खर्चको हिसाबले रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो रहेको सिवाकोटी बताउनुहुन्छ ।

अस्पतालले चालू आर्थिक वर्षमा विभिन्न ठाउँमा पुगेर पाँच हजार महिलाको पाठेघरको मुखको श्रव परीक्षण गरेको छ । यस वर्ष १० हजार महिलाको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको छ । यससँगै ४० स्वास्थ्यकर्मीलाई तालीम दिइसकेको सिवाकोटीले बताउनुभयो ।

पाठेघरको क्यान्सर सामान्य अवस्थामा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैँ नष्ट भइरहेको हुन्छ । कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर ९क्यान्सर० हुन्छ । ट्युमरमा रक्त प्रभाव नहुने भएकाले अङ्ग विशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने चिकित्सक बताउँछन् । विवाहित यौन जीवनसँग आवद्ध महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

महिला क्यान्सर रोग विशेषज्ञसमेत रहनुभएका विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य समयमा परीक्षण गर्न सकेमा यो रोगबाट बचाउन सकिने बताउनुहुन्छ । महिलामा सबैभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुने आचार्यले बताउनुभयो ।

नेपालमा वर्षेनी कति महिलालाई पाठेघरको मुखमा क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन । साधारणतया यो रोग ४० वर्षपछि देखा पर्ने भए पनि नेपाललगायतका अविकसित देशमा ३० वर्षभन्दा कम उमेरका महिलामा समेत यो रोग देखिने गरेको छ ।

ह्युमेन पापिलोमा भाइरस ९एचपिभी० पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो । साधारण किसिमको मानिने यो भाइरस यौन कार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक सङ्क्रमित हुने मानिन्छ । आचार्यका अनुसार पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थ सेवन र गुप्ताङ्गसम्बन्धी अन्य खाले दीर्घरोगी भएका महिलालाई हुने जोखिम बढी हुन्छ ।

महिनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीश्राव देखिनु, यौन सम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भएको चिकित्सक बताउँछन् ।

यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ ।

पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ÷छैन थाहा पाउन अल्ट्रासाउण्ड, सिटीस्क्यान, आइभीयू वा एक्सरे गराउनुपर्छ ।

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा बिनुमा श्रेष्ठ पाठेघरको मुखको क्यान्सर शुरूको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने बताउनुहुन्छ । रोग फैलिसकेको अवस्थामा भने रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) गरिन्छ ।

उहाँले सरकारी तवरबाट देशैभरका महिलालाई समय–समयमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । शहरी क्षेत्रमा जनचेतनाका कारण केही महिलाले परीक्षण गर्ने गरेको भए पनि अधिकांश महिलाले परीक्षण गरेको पाइँदैन । हल्का रुपमा यसलाई नलिन र समय–समयमा परीक्षण गर्न उहाँले सुझाव दिनुभयो । जनवरीलाई विश्वमा पाठेघरको मुखको क्यान्सर सचेतना महीनाका रुपमा लिने गरिन्छ ।