२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा एक क्यानाडेली नागरिकलाई मृत्युदण्ड



अ+ अ-

चीन । लागुऔषध तस्करीको आरोपमा क्यानाडाका एक नागरिकलाई चीनमा सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ ।

उत्तर पूवी चीनमा रहेको डालियान इन्टरमिडिएट पिपल्स कोर्टले अपराधको प्रकृतिअनुसार चीनको अपराधसंहीताको आधारमा रोबर्ट ल्योड स्चेलेनबर्गलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिएको छ ।

रोबर्टले करीब २२२ किलोग्राम मेथामफेटामिन चीनबाट अस्ट्रेलिया पठाउन प्रमुख भूमिका खेलेको अदालतले जनाएको छ ।

चीनबाट थाइल्याण्ड भाग्ने प्रयास गर्दैगर्दा उनी दक्षिणी चीनबाट सन् २०१४ को डिसेम्बर १ मा पक्राउ परेका थिए ।

अदलातले रोबर्टलाई पुनरावेदनका लागि १० दिनको समय दिएको छ । रोबर्टको मुद्दाको सुनुवाईको क्रममा क्यानाडेली दूतावासका कर्मचारीहरु पनि अदालतमा उपस्थित थिए ।

चीनको पछिल्लो कदमले ओटोवा र बेइजिङबीच थप तनाव सृजना गर्ने विश्लेषकहरुको भनाई छ ।

चिनियाँ कम्पनी हुवावेका शीर्ष एक्जेक्युटिभलाई गत महिना भ्यानकुभरमा पक्राउ गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले चिनियाँ नेतृत्वको खुलेर आलोचना गर्दै आइरहेका छन् ।

मृत्युदण्डको सजाय सुनाएपछि क्यानाडाले चीनबारे ट्राभल एडभाइजरी नै जारी गरेको छ । एडभाइजरीमा चीनमा रहेका आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।

चाइना डट ओआरजी डट सिएनका अनुसार सन् २००० यता चीनमा कम्तिमा १२ जना विदेशी लागुऔषध तस्करहरुलाई मृत्युदण्डको सजाय दिइसकेको छ ।