१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा एक क्यानाडेली नागरिकलाई मृत्युदण्ड



अ+ अ-

चीन । लागुऔषध तस्करीको आरोपमा क्यानाडाका एक नागरिकलाई चीनमा सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ ।

उत्तर पूवी चीनमा रहेको डालियान इन्टरमिडिएट पिपल्स कोर्टले अपराधको प्रकृतिअनुसार चीनको अपराधसंहीताको आधारमा रोबर्ट ल्योड स्चेलेनबर्गलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिएको छ ।

रोबर्टले करीब २२२ किलोग्राम मेथामफेटामिन चीनबाट अस्ट्रेलिया पठाउन प्रमुख भूमिका खेलेको अदालतले जनाएको छ ।

चीनबाट थाइल्याण्ड भाग्ने प्रयास गर्दैगर्दा उनी दक्षिणी चीनबाट सन् २०१४ को डिसेम्बर १ मा पक्राउ परेका थिए ।

अदलातले रोबर्टलाई पुनरावेदनका लागि १० दिनको समय दिएको छ । रोबर्टको मुद्दाको सुनुवाईको क्रममा क्यानाडेली दूतावासका कर्मचारीहरु पनि अदालतमा उपस्थित थिए ।

चीनको पछिल्लो कदमले ओटोवा र बेइजिङबीच थप तनाव सृजना गर्ने विश्लेषकहरुको भनाई छ ।

चिनियाँ कम्पनी हुवावेका शीर्ष एक्जेक्युटिभलाई गत महिना भ्यानकुभरमा पक्राउ गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले चिनियाँ नेतृत्वको खुलेर आलोचना गर्दै आइरहेका छन् ।

मृत्युदण्डको सजाय सुनाएपछि क्यानाडाले चीनबारे ट्राभल एडभाइजरी नै जारी गरेको छ । एडभाइजरीमा चीनमा रहेका आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।

चाइना डट ओआरजी डट सिएनका अनुसार सन् २००० यता चीनमा कम्तिमा १२ जना विदेशी लागुऔषध तस्करहरुलाई मृत्युदण्डको सजाय दिइसकेको छ ।