१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीविरुद्धका स्टाटस फिर्ता लिन माधव नेपालको निर्देशन



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसीविरुद्ध स्टाटसहरु फिर्ता लिन निर्देशन दिनुभएकाे छ । । पार्टीले एमसीसीको विषयमा निर्णय गरिसकेको उल्लेख गर्दै अब त्यसका विरुद्धमा आवाज उठाउनुको अर्थ नभएको बताउनु भएकाे हाे। आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा उहाँले भन्नुभयाे , “पार्टीले एमसीसीका बारेमा निर्णय गरिसकेको छ, अब सबैले पार्टीको निर्णय मान्नुपर्छ ।”

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसीसीका बारेमा सबै अस्पष्टता हटिसकेकाले एमसीसी विरुद्धका स्टाटसहरु फिर्ता लिन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभयो । एमसीसीका बारेमा पार्टीमा केही नेताहरुको फरक मत रहेको उल्लेख गर्दै उनले पार्टीले फरक मतलाई अन्यथा नलिएको स्पष्ट पार्नुभयो  । पार्टीभित्र नेताहरुबीच विचारको भिन्नता भए पनि बाहिर बोल्दा पार्टीको धारणाबारे बोल्नुपर्ने उनको भनाइ थियो ।

उहाले कतिपय नेताहरुको स्टाटस एमसीसीका विरुद्ध आपत्तिजनक छन् भन्दै गल्ती स्वीकारेर त्यस्ता स्टाटसहरु फिर्ता लिन आग्रह गरे । उनले अराजक गतिविधि पार्टीमा छुट नहुने चेतावनीसमेत दिनुभयाे। 

यसै बीच अध्यक्ष  नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको दावी गर्नु भएको छ । अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमती भएको बताउनु भएको हो । सबै ठाउँमा मिल्न सकिदैन भने पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उहाँले आह्वान समेत गर्नु भयो ।

अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पार्नु भयो । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

उहाँले भन्नु भयो, ‘हाम्रो सम्पूर्ण ध्यान अव निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्तिनै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । र हाम्रो सहमती रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसमा निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुप(यो ।

ठिक मूल्यांकन गर्नु प¥यो । अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुप¥यो । त्यसको मूल्यांकन गर्नुप¥यो । त्यसपछि पारिस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने कुराको पनि सही विश्लेषण हुनुप¥यो । त्यसपछि हामीले सिटको तालमेलका लागि उपयुक्त निर्णय गर्नु प¥यो । यसका लागि सिंगो पार्टी पंक्ति अव परिचालित हुनेछ । ७७ वटै जिल्लामा, ७५३ वटै स्थानीय तहहरुमा हाम्रो उपस्थिति हुनुपर्दछ । कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने । तर, त्यो भ्रम समयक्रममा प्रष्ट हुनेछ । उनीहरुले भ्रममात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नु पर्दछ ।

यसबीचमा हामीले दुई पटक निर्वाचनमा भाग लिएका छौं । राष्ट्रियसभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको थियो । ती भयंकर षडयन्त्रहरुलाई हामीले विफल पा¥यौं ।’

एक्लै जित्ने अवस्था नभएपनि राष्ट्रियसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनसँग मिलेर केपी ओलीलाई आफ्नो पार्टीले पराजित गरेको उहाँले स्मरण गराउनु भयो ।

फाेटाे- रासस