२३ आश्विन २०८१, बुधबार
,
Latest
आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने



अ+ अ-

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने रु २५ लाख एक हजार ५३ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । सो संस्थाको ५० प्रतिशत हकप्रद शेयर वितरणपछि प्रतिकित्ता रु ६४३ मा मूल्य समायोजन गरिएको हो । संस्थाको औसत शेयर मूल्य रु ८९७ रहेको छ ।

स्टकको आम्दानी रु ४९ करोड

यस्तै स्टकले आर्थिक वर्ष २०७४/७५ मा रु ४९ करोड ६७ लाख आम्दानी गरेको छ । अघिल्लो आवमा स्टकले रु ६५ करोड २४ लाख आम्दानी गरेको थियो ।

यस्तै स्टकले आव २०७४/७७ मा रु १० करोड ९९ लाख खर्च गरेको छ । आव २०७३/७४ मा रु ११ करोड ६२ लाख खर्च गरेको थियो । स्टकले आव २०७४/७५ मा रु २६ करोड दुई लाख खुद आम्दानी गरेको छ । यस्तो नाफा अघिल्लो आवमा रु ३७ करोड २० लाख रहेको थियो ।

यस्तै स्टकले आव २०७४/७५ मा शेयरधनीलाई सञ्चित नाफाबाट रु ६६ दशमलव ६७ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको जनाएको छ ।