२३ आश्विन २०८१, बुधबार
,
Latest
आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन



अ+ अ-

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक९पुस मसान्त० सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो ।

गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चालु आवमा कार्यालयले वार्षिक रु ४२ अर्ब ५३ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

प्रथम अर्धवार्षिकमा भन्सार महसुल रु आठ अर्ब १२ करोड एक लाख, मूल्य अधिवृद्धि कर रु १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क रु।एक अर्ब आठ करोड ९३ लाख सङ्कलन भएको छ ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी÷निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ ।