६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

औद्योगिक प्रदर्शनी केन्द्रलाई चार करोड

औद्योगिक प्रदर्शनी केन्द्रलाई चार करोड
अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गत सत्यनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा आर्थिक, सामाजिक तथा धार्मिक कार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिने भएको छ ।

हालै सम्पन्न ‘विराट ट्रेड एक्सपो मेला –२०७५’ मा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगपतिका माग बमोजिम उक्त स्थानको विकास र विस्तार गर्न सनुसरी–मोरङ औद्योगिक करिडोरमा उक्त केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

जिल्लास्थित उद्योग सङ्गठनले विराटनगर महागनरपालिकाको सहकार्यमा वडा–३ स्थित उक्त मन्दिर सञ्चालन समितिको स्वामित्वमा रहेको सो जग्गामा प्रदर्शनी केन्द्र निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वो र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको रोहवरमा श्री सत्यनाराण मन्दिर सञ्चालन समिति र जिल्लास्थित उद्योग सङ्गठनबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रदर्शनीस्थलका लागि महानगरपालिकाले एक बिघा सात कठ्ठा र उद्योग सङ्गठनले दुई बिघा जमीन उपलब्ध गराउने सहमति भएपछि प्रदेश सरकारले यसवर्ष रु चार करोड र महानगरपालिकाले रु दुई करोड रकम उपलब्ध गराउने घोषणा गरिसकेको छ । निजी, सहकारी र सरकारी साझेदारीबाट निर्माण गरिने सो केन्द्र अगामी चारवर्षभित्रमा निर्माण गरिसक्ने र यसका लागि रु एक अर्बभन्दा बढी खर्च लाग्ने उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले विराटनगरलगायत प्रदेश नं १ कै लागि सहज हुने प्रदर्शनीस्थलबाट यस क्षेत्रको आर्थिक एवं औद्योगिक विकासमा पनि सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री आङबोले प्रदर्शनीस्थल अभावमा उद्योग/व्यवसाय क्षेत्रले आफ्ना उत्पादनको बजार प्रवद्र्धन नसकिरहेको अवस्थामा यस प्रदर्शनीस्थल निर्माणले लामो समयदेखि उद्योग/व्यवसायीले भोग्दै आएको प्रदर्शनीस्थलको अभावलाई पूर्ति गर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले महानगरपालिकासमेतको सहकार्यमा विराटनगरको गौरवका रुपमा निर्माण हुने प्रदर्शनीस्थलले आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुर्याउने छ भन्नुभयो ।

उद्योग सङ्गठनका अध्यक्ष्ँ घिमिरे अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रुपमा आयोजना गरिने विराट एक्स्पोजस्ता प्रदर्शनीलाई निरन्तरता दिन सहज हुने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष्ँ घिमिरेले सङ्घीय सरकार, प्रदेश सरकार, महानगरपालिका र सङ्गठनबीच भएका सहमतिका आधारमा बहुवर्षीय योजनाअन्तर्गत बनाउन लागिएको प्रदर्शनीस्थल यसै आर्थिक वर्षमा शिलन्यास गरी निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो ।

प्रर्दशनीस्थलका विषयमा विराटनगरका उद्योगी महेश जाजुले अन्तराष्ट्रियस्तरको बन्ने यो केन्द्रमा कम्तिमा चार विघा जग्गा भएमा यसले अनन्तकालसम्म उद्योग र व्यापारलाई फाइदा पुग्ने प्रतिक्रिया दिनुभयो । उहांले प्रदर्शनी केन्द्र बहुउपयोगी बनाउन सकिने भएकाले यसको प्रारम्भमा नै दीर्घकालीन सोच राखेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सम्झौतापत्रमा सङ्गठनका तर्फबाट निवर्तमान अध्यक्ष्य मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ सुशील धनावत, शिवशङ्कर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ सूर्य प्याकुरेल, उपाध्यक्ष्य प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, तथा सत्यनाराण मन्दिर सञ्चालन समितिका तर्फबाट ई किशोर थापा, रामप्रसाद खतिवडा, मावधप्रसाद कोइराला, वल्लभप्रसाद अधिकारी, जगदीश राजवंशी, लक्ष्मीकान्त विश्वासले हस्ताक्षर गर्नुभएको थियो ।