३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.93

Wind: 2.06

Humidity: 49

Latest
बबरमहलमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी झापा र पोखराले अंक बाँडे शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरुको अडान जीवन भोगाइ र अनुभवको लिखित सङ्गालो नै पुस्तक होः पूर्वप्रधानन्यायाधीश कार्की हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल रास्वपाका नेत्री राई एमालेमा प्रवेश देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो, जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन:… चीनको चमत्कारः विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकामा पक्की सडक निर्माण शुरु



अ+ अ-

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा भित्री सडक निर्माणको कामलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका–६ पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवका अनुसार नेपालगञ्ज–गुलेरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर चौडा र सातै किलोमिटर लम्बाइको पक्की भित्री सडक निर्माण गर्न लागिएको हो । “गाउँपालिकाको गनापुर क्षेत्रमा उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारीसाधन हिँड्न कठिनाइ हुँदै आएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधन आवागमनमा सजिलो हुनेछ ।”

गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगन्ज–कोहलपुर सडक प्रयोग गर्दै आएपनि पश्चिमतर्फ भित्री भागमा रहेका उद्योगलाई यो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ ।

सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमीन प्राप्त गरी सात मिटर चौडाइको सडक निर्माण शुरु भएको उहाँले बताउनुभयो । “हामीले यो सडकलाई गाउँपालिकाको चक्रपथका रुपमा प्रस्ताव गरेका थियौँ, तर चक्रपथको मापदण्डमा १२ मिटर चौडाइको हुनुपर्ने भएकाले अहिलेलाई भित्री सडकका रुपमा निर्माण शुरु गरेका छौँ”, अध्यक्ष यादवले भन्नुभयो ।

गाउँपालिकाको करीब रु डेढ करोड र सङ्घीय सरकार सांसद विकास कोषको रु डेढ करोड गरी रु तीन करोडको लागतमा यो सडकको निर्माण शुरु भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो ।