३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

गाउँपालिकामा पक्की सडक निर्माण शुरु

गाउँपालिकामा पक्की सडक निर्माण शुरु
अ+ अ-

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा भित्री सडक निर्माणको कामलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका–६ पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवका अनुसार नेपालगञ्ज–गुलेरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर चौडा र सातै किलोमिटर लम्बाइको पक्की भित्री सडक निर्माण गर्न लागिएको हो । “गाउँपालिकाको गनापुर क्षेत्रमा उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारीसाधन हिँड्न कठिनाइ हुँदै आएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधन आवागमनमा सजिलो हुनेछ ।”

गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगन्ज–कोहलपुर सडक प्रयोग गर्दै आएपनि पश्चिमतर्फ भित्री भागमा रहेका उद्योगलाई यो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ ।

सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमीन प्राप्त गरी सात मिटर चौडाइको सडक निर्माण शुरु भएको उहाँले बताउनुभयो । “हामीले यो सडकलाई गाउँपालिकाको चक्रपथका रुपमा प्रस्ताव गरेका थियौँ, तर चक्रपथको मापदण्डमा १२ मिटर चौडाइको हुनुपर्ने भएकाले अहिलेलाई भित्री सडकका रुपमा निर्माण शुरु गरेका छौँ”, अध्यक्ष यादवले भन्नुभयो ।

गाउँपालिकाको करीब रु डेढ करोड र सङ्घीय सरकार सांसद विकास कोषको रु डेढ करोड गरी रु तीन करोडको लागतमा यो सडकको निर्माण शुरु भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो ।