१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुर हत्या प्रकरण: बर्दियाबाट थप एक युवक पक्राउ, घाँटी रेटेर हत्या गरेको भिडियो मोबाइलमा कैद



अ+ अ-

नेपालगन्ज । गत शनिबार कोहलपुरको नयाँ बसपार्क नजिक घाँटी रेटेर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालयबाट बर्दियाबाट खटिएको टोलिले केही बेर अगाडि मात्रै एक युवकलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार मंगलबार सुर्खेतबाट पक्राउ परेका युवकले दिएको सुचनाको आधारमा अर्का युवकलाई पक्राउ गरेको हो ।

प्रहरीको अनुसार शनिबार घाँटी रेटेर हत्या गरिएको युवकको भिडियो बर्दियाबाट पक्राउ परेका युवकको मोबाइलमा कैद भएका कारण अनुसन्धानको निम्ति भन्दै पक्राउ गरिएको हो ।

नयाँ बसपार्क नजिक शनिबार बिहान सिम्ता गाउँपालिका ४ सुर्खेतका २१ बर्षिय दिपक सिंह ठकुरीको हत्या गरिएको अवस्थामा शव फेला परेका थियो ।