१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत डा. केसीको उपचारका लागि मोबाइल भेन्टिलेटर सहित चिकित्सक टोली इलाम प्रस्थान



अ+ अ-

काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनको उपचारको निम्ति चिकित्सकको टोली इलाम तर्फ प्रस्थान गरेका छन् ।


उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सातजना चिकित्सकको टोली इलाम प्रस्थान गरेको हो ।

धरानबाट खटिने टोलिमा प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाह, कार्डियोलोजिष्ट विभागका डा.प्रशान्त शाह ,मेडिसिन इमर्जेन्सीका डा. अजय यादव ,एनएस थेसिस आईसीयूका डा. सविन भण्डारी, ल्याब टेक्निसियन दीपेन्द्र यादव र नर्स सहितको विशेषज्ञ टोली रहेका छन् ।

गत पुस २५ गतेदेखि इलाममा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

तर इलाममा आईसीयू सुविधा नरहेको समाचार आएपछि स्वास्थ्य मन्त्रालय मोवाईल भेन्टिलेटर सहितको चिकित्सकको टोली इलाम खटाएको हो ।