६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : नेता महत

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : नेता महत
अ+ अ-

सुर्खेत । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको जग काङ्ग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गर्नुभयो । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा काङ्ग्रेस थियो”, उहाँले भन्नुभयो, “काङ्ग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भयो ।”

उहाँले अगाडि भन्नुभयो, “बहुलवादमा विश्वास गर्ने पार्टी काङ्ग्रेस नै हो । समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ ।” मुलुकमा पक्की, कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब राजश्वबाट अहिले रु ९०० अर्ब राजश्वमा वृद्धि हुनु, तत्कालीन चार हजार गाविसमा स्वास्थ्य सेवा पु¥याउनु र १६ लाख हेक्टर जमीनमा सिँचाइ हुनुमा काङ्ग्रेसको देन रहेको नेता महतको भनाइ थियो ।

आफू तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा आर्थिक सल्लाहकार र पछिल्लो पटक विभिन्न सरकारमा अर्थमन्त्री हुँदा मध्यपश्चिमलाई केन्द्रबिन्दुमा राखेर विकास दिएको उहाँको जिकिर थियो ।
कार्यक्रममा काङ्ग्रेस नेता डा चन्द्र भण्डारीले काङ्ग्रेस पार्टी नभई पाठशाला हो भन्नुभयो । नेतृत्वको कारण पार्टी कमजोर भए पनि यो मुलुकमा कम्युनिष्टबाट देश विकासको आशा गर्न नसकिने उहाँको टिप्पणी थियो ।
भेटघाट कार्यक्रममा काङ्ग्रेसका कर्णाली प्रदेश, क्षेत्रीय तथा जिल्ला सभापति र यस निकट विभिन्न भ्रातृ सङ्घ÷सङ्गठनका प्रमुखको सहभागिता रहेको थियो ।