१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँघरकै उद्यमबाट मासिक दुई लाख कमाउछन्



अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गर्नुभएको छ । साथै उहाँले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु दुई लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ ।

रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी मर्मतको काम गर्दै आउनुभएका २६ वर्षीय विन्दु थापाले गाउँमा नै बसीबसी मासिक दुई लाखभन्दा बढी कमाइ गर्न सफल हुनुभएको हो । थापाले विगत छ वर्षदेखि गाउँमानै विद्युतीय सामानको मर्मत र बिक्री गर्दै आउनुभएका थियो । चार महीना अघि गत असोजदेखि उहाँले सोही ठाउँमा मासु पसल पनि सञ्चालन गर्न थालेपछि उहाँले आफ्नै घरमा बसीबसी मनग्य आम्दानी गर्न सफल हनुभएको हो ।

त्यसका अतिरिक्त थापाले घरमा नै कुखुरा, बाख्रा र हाँस पनि पाल्नुभएको छ । खोरमा ५०० कुखुरा, १५ वटा बाख्रा र हाँस छन् । त्यसको रेखदेखसाथै मोबाइल, टिभी र अन्य विद्युतीय सामानको मर्मत तथा बिक्री गर्न भ्याइनभ्याइ हुने थापालाई मासु पसल शुरु गरेपछि एकछिन पनि फुर्सद नहुने रत्नेचौरका अगुवा युवा एकेन्द्र महतले बताउनुभयो ।

घर वाइरिङ गर्नुका साथै सम्पूर्ण विद्युतीय सामान मर्मत गर्ने सीप भएका थापालाई म्याग्दी र बागलुङका विभिन्न गाउँबाट सामान मर्मत र घर वाइरिङका लागि बोलाउन थालेपछि उहाँको व्यवस्तता झन बढेर गएको छ । “हातमा सीप हुने र तनमा जाँगर हुने हो भने गाउँघरमा नै बसीबसी जापान, कोरियामा कमाइने भन्दा बढी कमाउन सकिन्छ”, थापाले भन्नुभयो, “समयानुकूल व्यापार गर्न सकियो र अल्छी गरिएन भने घरगाउँमा नै प्रशस्त पैसा कमाइन्छ ।”