१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिने



अ+ अ-

इलाम । इलामको माइजोगमाई गाउँपालिकास्थित प्याङको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माण गरिने भएको छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षे योजनाका साथ रू ५० लाखमा टावर निर्माण गरिने बताइएको छ । पर्यटकीयस्थलका रूपमा विकास हुदै रहेको उक्त क्षेत्रमा माइजोगमाई गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा टावर निर्माण गर्ने भएको हो । माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईका अनुसार टावर बहु तले र सुविधायुक्त हुने छ ।

यस क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ भने जिल्लाका सबै स्थानीय तहको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस क्षेत्रको बाटो हुँदै इलामको प्रमुख पर्यटकीय स्थान सन्दकपुर पनि छिटो बाटोबाट पुग्न सकिने स्थानीय देवी अधिकारीको भनाइ छ ।

माइजोगमाईस्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको पाइएको छ । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक ५० देखि १०० को हाराहारीमा पर्यटक आउने गरेका छन् ।

केही वर्ष अघि मात्र सूर्र्योदय अवलोकन गर्न सकिने स्थल भनी पत्ता लागेको यो क्षेत्रमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् । विकास पूर्वाधारमा पछि परेको यस क्षेत्रमा हालसम्म पनि विद्युत् पुग्न सकेको छैन भने यस वर्ष मात्र सडक पुगेको छ ।

सडक पुगेसँगै पर्यटकको चहलपहल बढेको अध्यक्ष राईको भनाइ छ ।