६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गाउँमा उत्पादित चिया शहरमा बिक्री

गाउँमा उत्पादित चिया शहरमा बिक्री
अ+ अ-

लमजुङ । काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् ।
दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थाल्नुभएको हो । गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौँसम्म विक्री हुँदै आएको छ । चियाको माग बढेकाले आफूले बेंसीसहरको झिङ्गे खोला नजिकै मासिक रू १५ हजारमा सटर भाडामा लिएर चियाको होलसेल विक्री केन्द्र थापना गरेको उहाँले जानकारी दिनुभयो ।
उक्त विक्री केन्द्र बुधबार उद््घाटनका क्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नयाँ व्यवयासलाई नगरपालिकाले स्वागत गर्ने र व्यवसाय प्रवद्र्धनमा जोड दिइने बताउनुुभयो । गाउँ फर्केर व्यवसायमा लागेका युवालाई स्थानीयतहबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विसं २०६७ मा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका विरुवा लगाई व्यावसायिक चिया खेती सुरु गर्नुभएका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती गर्नुभएको छ । शुरु शुरुमा हातैले चिया प्रशोधन गरेँ । अहिले रू १२ लाख लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेको यसबाट नियमित पाँच जनालले रोजगारी पाएको उहाँले बताउनुभयो ।
सुरुमा इलामबाट चियाको विरुवा ल्याउनुभएका गुरुङले चियाको विरुवासमेत उत्पादन गरी विक्री वितरणसमेत गर्दै आउनुभएको छ । बजारमा आफ्नो क्रिष्टा टी प्रालिको नामबाट ‘लमजुङ टी’ उपलब्ध हुन थालेको जानकारी दिँदै उहाँले महिनामा कम्तीमा एकसय किलो चिया उत्पादन हुँदै आएको र यसबाट कम्तीमा रू एक लाख आम्दानी हुन्छ भन्नुभयो ।
गाउँमा चिया खेती सुरु भएपछि यहाँको बजारमा अन्य कम्पनीको चिया खपत हुन रोकिएको र काठमाडौँका साथै अन्य जिल्लामा पनि उक्त चियाको माग बढेको स्थानीयबासीले बताएका छन् । गुरुङले गाउँवाट चियाबारी जाने कच्ची मोटर बाटो निर्माण गर्नाका साथै एकल लगानीमा गाउँमा एक फूटबल खेलमैदान समेत निर्माण गर्नुभएको छ ।