१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘एक भिजिट, एक नेशनल गोल’

चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘एक भिजिट, एक नेशनल गोल’
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर विज्ञहरुले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेण्डा) बनाउनुपर्ने बताएका छन् ।

फ्रेण्ड्स अफ चाइनाद्वारा शनिवार काठमाडौंमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षिय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरुले एक भ्रमण, एक राष्ट्रिय एजेण्डा बनाउनुपर्ने बताएका हुन् । उनीहरुले नेपालले विगतका प्रधानमन्त्रीहरुको भ्रमणमा पनि राष्ट्रिय प्राथमिकता र एजेण्डाहरुमा अल्मलिएको भन्दै यस पटक त्यसो हुन दिन नहुनेतर्फ सचेत गराए । चीनको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न जोड दिए ।

चिनियाँ लगानी भित्र्याउने, चीनको शिक्षाको मोडेल र अनुभवबाट शिक्षाको हब नेपाललाई बनाउने विषय प्रमुख प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए । त्रिभूवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक सहयोगको पाटो पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो । उहाँले नवप्रवर्तनकारी कामहरु गर्नका लागि चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्नसके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरु विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताउनु भयो ।

उहाँले चीन विद्युतीय सवारीसाधन उत्पादन गर्ने पहिलो ठूलो देश भएकाले पनि नेपालमा त्यस किसिमका उद्योग सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनु भयो । नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्धका साथसाथै सांस्कृतिक र नागरिकस्तरको सम्बन्धमा जोड दिन जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्रीको भ्रमणमा जनस्तरीय सम्पर्क बढाउने कुरा एजेण्डामा पर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्रीको भ्रमणलाई जोडेर के भन्न चाहन्छु भने हामी आयात त ठूलो मात्रामा गरि नै रहेका छौँ । हाम्रो इकोनोमीको ठूलो हिस्सा इम्पोर्टमै जान्छ । तर चीनसँग हामीले कस्तो किसिमको आर्थिक रुपमा सहयोग लिन सकिएला रु सामान्य नागरिक भएको कारणले मलाई के लाग्छ भने के आग्रह गर्नसक्छौँ भने तपाईंहरुले नवप्रवर्तनमा काम गर्दै हुनुहुन्छ । इ।भेइकलमा संसारको लार्जेस्ट प्रोड्युसर्स चाइना छ । इ.भेइकलको प्लान्टको एउटा सानो हिस्सा नेपालमा राखिदिनुस् भन्नुपर्छ । उहाँहरुकै प्रोडक्शन यहाँ हुन्छ र हाम्रो ठूलो जनसंख्या रोजगारीको लागि बाहिरिएका युवाहरुले रोजगारी यहाँ नै पाउँछन् । उहाँहरुको लागि लेभर कस्ट पनि सस्तो पर्छ ।

सरकारले यसमा होमवर्क गर्नुपर्ने देखिन्छ । नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्ध एउटा आयाममा काम गरिरहेको छ । सधैँ स्मुथ बनाउन सकेका छैनौँ । त्यो हुन नसक्नुमा कल्चरल कन्सेप्ट पनि कारण छ । सांस्कृतिक आदानप्रदानहरु कति आदानप्रदान भएको छ, त्यसले पनि फरक पार्दछ । कल्चरल इन्भेष्टमेण्टका लागि पनि कुरा अघि बढाउनु पर्छ । जनतास्तरीय सम्पर्क बढाउने कुरा एजेण्डामा राख्नुपर्छ ।’

कार्यक्रममा बोल्दै अध्येता डा.विक्रम तिमल्सिनाले प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण गर्दा सद्भाव र विश्वास लिएर जाने र फर्किने कुराले नै सम्बन्ध बलियो बनाउने बताउनु भयो । उहाँले विश्वास र सद्भावबाट नै दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बन्ने तर्क गर्नुभयो । उहाँले कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्नेकुरा चीनबाट सिक्नुपर्ने बताउनु भयो । सञ्चारमाध्यमहरुमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्रका आधारमा भ्रमण गर्नेकुरा सुखद् नरहने जिकिर गर्नुभयो । उहाँले नेपाल कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था नभएकाले सरकारी निकायहरुलाई नै बलियो बनाएर जानुपर्ने बताउनु भयो । प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा विश्वास गर्नेकुरा राम्रो नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रधानमन्त्री के लिएर जाने र के लिएर फर्किने रु सद्भाव र विश्वास प्रधानमन्त्रीले लिएर जाने हो । सद्भाव र विश्वास नै बोकेर आउने हो । त्यो सधैँ रही रहने खालको सद्भाव र विश्वास आर्जन गर्न सकियो भने दुई देशबीचको सम्बन्ध पनि मजबुत हुन्छ र फाइदा पनि लिनसक्छौँ । कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्नेकुरा चीनबाट सिक्नुपर्छ । नेपाल र चीन सम्बन्धको विषयलाई हामीले प्रधानमन्त्रीको चीन भ्रमणसँग जोडिरहेका छौँ । परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्र हामी बनाइएको छ रे । कोको भ्रमणमा जाने, कोको नजाने, केके एजेण्डा उठाउने र केके नउठाउने भन्नेबारे मैले त्यस्तो सुनिरहेको थिएँ । त्यो सुखद् पक्ष होइन । नेपाल भनेको कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था होइन । हामीसँग भएका निकायहरुलाई बलियो बनाउनु पर्छ । प्रधानमन्त्री संस्थामा भन्दा प्रधानमन्त्री व्यक्तिमा हामीलाई विश्वास छ ।’

कार्यक्रममा बोल्दै त्रिभूवन विश्वविद्यालयका प्राध्यापक विपिन देवले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा एउटा नेशनल गोल लिनुपर्ने बताउनु भयो । उहाँले चिनियाँ अनुभव र मोडलबाट सिकेर नेपाललाई शिक्षाको हब बनाउने पहल गर्नुपर्ने कुरा एउटा राष्ट्रिय एजेण्डा बन्नसक्ने प्रश्ताव राख्नुभयो । प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण गर्दा एक भ्रमण, एक योजना बनाउनुपर्ने बताउनु भयो । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउनेकुरा प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अहिले चीन भ्रमण गर्दा एउटा नेशनल गोल चाहीँ लिनुपर्छ । चाइनिज अनुभव र मोडलबाट नेपालमा एजुकेशन हब बनाउने, एक भिजिटमा एउटै प्लान बनाउनु पर्छ । रिटेल बिजनेस गरेर काम छैन । होलसेल बिजनेस गर्नुपर्छ । त्यो बनाइसकेपछि त्यो वल्र्ड लेभलको, जसले गर्दा हाम्रो इकोनोमीलाई टेवा दिनसक्छ । त्यस्तो गृहकार्य गरेर प्रधानमन्त्री जानुपर्छ । चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउनुपर्छ ।’

कार्यक्रममा बोल्दै वागमती प्रदेश, प्रदेश सभाका सभामुख भूवन पाठकले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालीहरुले आश बढ्नु स्वभाविक रहेको बताउनु भाये । उहाँले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋण मिनाह प्राथमिकतामा पर्नुपर्ने कुरा सञ्चारमाध्यमहरुमा आएपनि सो विषय प्राथमिकतामा पर्न नहुने धारणा राख्नुभयो । उहाँले भ्रमण गर्दा एजेण्डा र प्राथमिकतामा अलमल हुने गरेको भन्दै यस पटक त्यस्तो हुन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री छिमेकी मुलुक चीन जाँदै गर्ने क्रममा स्वभाविक रुपले हाम्रो आशा हुनु स्वभाविक हो । अहिले बाहिर जुन मिडियामा आइरहेका कुराहरु छन्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लिएको ऋण मिनाहा गर्नुपर्छ भन्नेकुरा प्राथमिकतामा आउनुपर्छ, त्यो सरकारले प्राथमिकतामा राखेको छ भन्नेकुराको चर्चा पनि छ । तर यो प्राथमिकतामा पर्नु हुँदैन । हामी र हाम्रो डिप्लोमेसी र परराष्ट्र मन्त्रालय र हाम्रो के ल्याकिङ छ, अर्को प्रायोरिटीमा हामी कन्फ्युज छौँ । हाम्रो प्रायोरिटी जहिले पनि कन्फ्युज हुन्छ । यो दुई कुरामा तालमेल मिल्नुपर्ने हो, त्यो मिलिरहेको छैन । हामी जुन किसिमको फोकस र होमवर्क हुनुपर्ने हो, त्यो भइरहेको छैन जस्तो देखिन्छ ।’

सभामुख पाठकले आसन्न चीन भ्रमणका लागि पनि आवश्यक गृहकार्य हुन नसकेको अनुभुति आफूले गरेको बताउनु भयो ।