२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सुपर कपमा युभेन्टसको कीर्तिमान, रोनाल्डो बने नायक



अ+ अ-

काठमाडौं । युभेन्टसले एसी मिलानलाई पराजित गर्दै इटालियन सुपर कप फुटबलको उपाधि हात पारेका छ ।

बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले आठौं पटक उपाधि जितेको हो । युभेन्टसको जितको लागि १ मात्र निर्णयक गोल उसका स्टार क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल सफल भयो । खेलको ६१औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि युभेन्टसले खेल १–० ले जितेको हो ।

जितसँगै युभेन्टसले इटालियन सुपर कपको उपाधि सर्वाधिक आठौं पटक जितेको छ । पराजित टोलि एसी मिलानले भने सात पटक उपाधि जितेको छ ।