१ मंसिर २०८१, शनिबार
,
Latest
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति मञ्चमा फर्किए मह जोडी भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु रुकुममा बस दुर्घटना हुँदा नौ जना घाइते माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्योः पूर्वसञ्चारमन्त्री गुरुङ देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैनः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आफ्ना बच्चा हेर्न पाँच दिन तलबी बिदा दिने



अ+ अ-

आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ ।

विभिन्न रोगहरुको संक्रमण हुने समय भएकाले उनीहरुलाई पाँच दिने बिदा लिएको र बिदाको बेलाको तलब पनि दिने व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म बिदा लिन पाउने व्यवस्था गरिएको हो ।

रोगको संक्रमणमा परेका पाँच वर्ष मुनिका बालबालिकाहरुलाई हेरचाह गर्नका लागि बिदा दिने घोषणा गरिएको उनीहरुको भनाइ छ ।

सरकारले निजी तथा सार्वजनिक संस्थाहरु तथा कम्पनीहरुलाई पनि त्यस्ता बालबालिका भएका कर्मचारीहरुलाई बिदा दिन पनि आह्वान गरेको छ ।

एशियाली देश मङ्गोलियाको राजधानी उलानबाटोरसहितका ठाउँमा वायु प्रदुषण, इन्फ्ल्युन्जा, निमोनिया र अन्य सरुवा रोगहरुबाट धेरै बालबालिकाहरु प्रभावित भएका छन् ।

राजधानीमा रहेका अस्पतालमा बालबालिकासम्बन्धी उपचार गर्ने कक्षहरुमा अहिले क्षमताभन्दा बढी बिरामी रहेका छन् ।

बिरामीहरु आउने क्रम चलिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएको समाचारमा उल्लेख गरिएको छ ।