२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारमा स्थानीबासी र प्रहरीबीच झडप, शिलान्यासका लागि गएका प्रधानमन्त्री ‌ओलीबिरुद्द नाराबाजी



अ+ अ-

काठमाडौं । काठमाडौंको चोभारमा स्थानीबासी र प्रहरीबीच झडप भएको छ। सुख्खा बन्दरगाह शिलान्यासका क्रममा बिहीबार झडप भएको हो।

स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको सुख्खा बन्दरगाह शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ‌ओली चोभार पुगिसकेकाथिए । प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्नुअघि नै आफ्नो माग पुरा गराउनको लागि भन्दै शिलान्यास अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले बिहानैदेखि अबरोध गर्ने स्थानियबासीलाई पक्राउ गरेको थियो ।

स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्‍यक नरहेको जनाएको छ । मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्ने गरी सुख्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको बताएका छन्।