१ मंसिर २०८१, शनिबार
,
Latest
एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति मञ्चमा फर्किए मह जोडी भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु रुकुममा बस दुर्घटना हुँदा नौ जना घाइते माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्योः पूर्वसञ्चारमन्त्री गुरुङ देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न हुँदैनः प्रधानमन्त्री ओली चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘एक भिजिट, एक नेशनल गोल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको कुस्मामा बस दुर्घटना,आठको मृत्यु, ३४ घाईते



अ+ अ-

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बिहिबार बिहान म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस सवा ८ बजे दुर्घटना भएको थियो । उक्त दुर्घनामा परि पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार, उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दी पाखापानीका राजेश पुन, विष्णुमाया पुन र बागलुङको कु्ँडुलेकी शान्ती केसीको मृत्यु भएको हो । मृतयु भएका एकको भने अहिलेसम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बस एक्कासी सडकबाट खस्दा कालीगण्डकी नदी किनारमा रहेको ढुंगामा पुगेको थियो । अहिले सम्म ३४ जना घाइते भएका छन् ।

गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ ।