२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास



अ+ अ-

काठमाडौँ । नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् ।

दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी र जनस्तरको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको हो । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स र राष्ट्रिय समाचार समिति ९रासस० का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, महाप्रबन्धक ओेपेन्द्र शर्मालगायत राससको उच्च व्यवस्थापनबीच करीब पाँच दशक पुरानो नेपाल–बङ्गलादेश सम्बन्धलाई दुवै देशका समाचार समितिका माध्यमबाट नयाँ उचाइमा पु¥याउन सकिने विषयमा छलफल भयो ।

राजदूत शाम्सले बङ्गलादेशको सरकारी समाचार समिति बङ्गलादेश सङ्गबाद संस्था ९बिएसएस० र राससबीचको समाचार र सूचना आदान प्रदानबाट दुवै देशका जनतालाई निकट ल्याउनका साथै एकअर्कालाई दुवै संस्थाले सेतुको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“वर्षेनी ३० हजार बङ्गलादेशी पर्यटकले नेपाल भ्रमण गर्दै आएका छन्, सतहमार्गबाट सार्कका सदस्य देशलाई जोड्ने ‘मोटर भिएकल एग्रिमेन्ट’ हुनसके व्यापार विस्तारसँगै दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्थ्यो”, राजदूत शाम्सले भन्नुभयो । उहाँले बिएसएस र राससबीचको कार्यगत साझेदारीलाई अझ व्यवस्थित एवं परिणाममुखी बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष श्यामलले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का संस्थापकमूलक नेपाल र बङ्गलादेशका जनताबीच धेरै समानता रहेको र उनीहरूमा एकअर्काबारे जान्ने उत्सुकता रहेको बताउँदै दुवै देशका आधिकारिक समाचार समितिको साझेदारीले उनीहरूका आकांक्षा पूरा गर्न मद्दत मिल्ने यथार्थ प्रस्तुत गर्नुभयो ।

बदलिँदो परिवेशमा रासस र बिएसएसबीचको साझेदारीलाई परिभाषित गर्नुपर्ने अपरिहार्यतामा जोड दिँदै उहाँले समाचारको आदानप्रदानबाट केही हदसम्म दुवै देशका जनताको सूचना, जानकारी र ज्ञानको भोक मेटिने बताउनुभयो ।




भर्खरै