२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्रहरी हवल्दारलाई काठमाडौं ल्याइयो



अ+ अ-

सप्तरी । सप्तरीमा बुधबार राति अज्ञात समूहले चालाएको गोली लागेर गम्भीर घाइते भएका प्रहरी हबल्दारलाई थप उपचारका लागि काठमाडौ ल्याईएको छ ।

तीन वटा मोटरसाइकलमा आएको उक्त समूहले खड्ग नगरपालिकाकै बोदे बर्साइन सडकखण्डमा ड्यूटीमा रहेका सतरामाथि गोलि प्रहार गरेका थिए । उनलाई पिठ्युमा एउटा गोली लागेको छ ।

घाइते प्रहरी सतराको विराटनगर अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार बिहान काठमाडौं ल्याईएको हो । सतरको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ ।

घटना भएको जानकारी लगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्टसहितको टोली घटनास्थल पुगेका थिए । घटनामा संलग्न रहेकाको व्यापक रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।