६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ हेरेर भावुक भए विशिष्ट दर्शक

जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ हेरेर भावुक भए विशिष्ट दर्शक
अ+ अ-

काठमाडौंँ । स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म लैजान सुझाउनुभएको छ ।

मोरङको झोराहाट नाट्य केन्द्रका कलाकारको टोलीले मञ्चन गरेको सो नाटक जननेता मदन भण्डारीको जीवनीमा आधारित छ । उपन्यासकार प्रदीप नेपालद्वारा लिखित उपन्यासको नाट्य रुपान्तरण भरत गुरागाईं र निर्देशन जीवन बरालले गरेका हुन् । भण्डारी भूमिगत राजनीतिक अवस्थामा जनताका बीच सुरक्षित रहेर कसरी काम गर्थे भन्नेदेखि २०४६ सालको जनआन्दोलनका प्रमुख कमाण्डरका रुपमा चित्रित गणेशमान सिंहलाई वीर अस्पतालमा भेट्न जाँदाका प्रसङ्गलगायत जीवराज आश्रितसहित उनको निधनका दृश्यलाई नाटकमा जीवन्त ढंगले दृश्याङ्कन गरिएको छ ।

तत्कालीन राजा वीरेन्द्रसंँगको भेटघाटमा भण्डारी जनताको पक्षमा कसरी प्रस्तुत भएका थिए भन्ने थाहा पाउन नाटकले धेरै सघाएको छ । नाटकमा दुई नाबालक छोरीसँंगै शोकाकुल विद्यादेवी भण्डारीको चित्रणले दर्शकलाई भावुक बनाउँछ । भण्डारीलाई पक्राउन लाग्ने तत्कालीन राज्य यन्त्रका पुर्जाका रुपमा जँड्याहा महिला र प्रहरीको प्रभावशाली अभिनयले दर्शकलाई आकर्षित गर्छ । भण्डारीका रुपमा भरत गुरागाई र वीरेन्द्रका रुपमा प्रयाग न्यौपानेको अभिनंय पनि प्रभावशाली देखिएको छ ।

नाटक हेरिसकेपछि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भण्डारीजस्ता क्रान्तिकारी कम्युनिष्टका तत्कालीन गतिविधिको मार्मिक चित्रण गरिएको नाटकलाई देशैभर लैजानु पर्ने धारणा व्यक्त गर्नुृभयो । पहिलो प्रदर्शनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं उपन्यासकार नेपाल, राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, सांसद खेम नेपाली तथा सरिता न्यौपाने, कवि तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्यामल एवं प्राज्ञ श्याम तमोटलगायतको उपस्थिति थियो । सो नाटक कुञ्ज थियटरमा दुई हप्तासम्म प्रदर्शन हुने बताइएको छ ।