१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रञ्जु दर्शनाको बिषयमा भ्रमक समाचार लेख्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बिहिबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले गोरखाको गण्डकी गाउँपालिका–३ निवासी क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको हो ।

अधिकारी सम्पादक रहेको क्यापिटल हेडलाइन,मुक्ति खबर र नेपाल टक डटकम सहितका केही अनलाइनले नेतृ रञ्जुमाथि कार्यालयमै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको झुटो समाचार प्रकाशित गरेका थिए ।

आफ्नो चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित भएपछि रञ्जुले विभिन्न पाँचवटा अनलाइनविरुद्ध साइबर क्राइम अन्तरगत महाशाखामा उजुरी दिएकी थिइन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार यअसघि मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची–३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरिसकेको छ ।