१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमाध्यमहरूले फरार भनेको राजदूत शेर्पा अस्ट्रेलियामा, आफ्नो कार्यभार सम्हाल्न दूतावास पुगिनन्



अ+ अ-

अस्ट्रेलिया । आफ्नै पूर्व कर्मचारीबाट रकम लिएर आरोप लागेकी अस्ट्रेलियाका राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छिन् ।

आफ्नो दूतावासका पूर्व कर्मचारी बाङछु शेर्पालाई अस्ट्रेलिया लगिदिन्छु भनेर भ्रष्ट्रचार गरेको आरोप लागेपछि अनुसन्धानका लागि शेर्पा नेपाल आएकी थिईन ।

अस्ट्रेलिया फर्कको दुईदिन भईसक्दा पनि शेर्पाले आफ्नो कार्यभार सम्हाल्न दूतावास नपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत शेर्पाले आफूलाई सन्चो नभएको र केही दिन आराम गर्ने बताएको र कहिलेसम्म फर्किने हुन् थाहा नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दूतावासका कर्मचारीहरूले पनि राजदूत शेर्पा कहिले कार्यालय फर्किने बारेमा अनभिज्ञता प्रकट गरे ।

मन्त्रालयमा बोलाइएपछि अनुसन्धान समिति नै बनाएर छानबिन गरिएको सार्वजनिक भए पनि त्यसको निष्कर्ष अहिलेसम्म बाहिर ल्याइएको छैन ।

मानव तस्करीमा संलग्नता देखिएको भन्दै सरकारले उनलाई राजिनामा दिन सुझाव दिएको थियो । पुसभित्र राजिनामा दिन सुझाव दिइएकोमा अस्वीकार गरि उनी अष्ट्रेलिया गएकी सञ्चारमाध्यमले लेखेका थिए ।

राजदूत शेर्पाले आफूमाथि लागेको आरोपको पटक पटक खण्डन गर्दै आएकी छन् । उनले वाङछु शेर्पाले लगाएको सबै आरोप निराधार र झुटो रहेको दाबी गर्दै आएकी छन् ।