२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैदेशिक लगानीका नाममा आफ्नो नाम जोडिएकोमा आइएमई ग्रुपका अध्यक्ष ढकालको आपत्ति



अ+ अ-

काठमाडौँ । आइएमई ग्रुपमा आध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका केही सञ्चारमाध्यमहरुमा उक्त ग्रुपको नाम जोडेर आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका छन् ।

उनले कुनै पनि स्वीस बैंकमा आफ्नो खाता नरहेको, कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनीदर्ता नरहेको र आफ्नो समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी नआएको स्पष्ट गर्दै सो समाचारको खण्डन गरको हुन् ।

कानुनले दिएको अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरी हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा आफ्नो र उक्त आइएमई समूहको गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् । राजधानीमा आज पत्रकार सम्मेलन गरी आफूहरुमाथि यस्तो भ्रामक विषय उठाएर दुष्प्रचार गरिएको भन्दै आपत्ती प्रकट गरेका हुन् ।
अध्यक्ष ढकालले नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाटकरिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएको जानकारी गराउँदै यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको र कुलग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशतपुगेको जानकारी दिए ।

कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानितहुँदै आएको छ। आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्सुरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवलकार, डिस होम सेवासम्मविस्तार भएको छ– उनले सो पत्रकार सम्मेलनमा भने ।
आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको र कम्पनी सुरुवात गरेपछि आफू त्यो कम्पनीको सञ्चालक बनेको र २० जुलाई २०१० मा आफूले त्यो कम्पनीबाट राजिनामा दिएको उनले बताए ।

उनले सो अवसरमा भनेका छन्– मेरो भाई हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासिय नेपाली हुन् । उनले सन् ९० को दशकदेखि जापान, मलेसिया, बेलायतलगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन् । विदेशमा रेमिट्यान्स सेवाविस्तार गर्नकालागि नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाई हेमराज ढकाल गैरआवासिय नेपालीको हैसियतमा नेपालीहरु भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवापुयाउँदै आएका छन् । नेपालको कानुनले गैर आवासिय नेपालीलाई कम्पनी स्थापनागर्न, सञ्चालनगर्न र त्यसको सञ्चालक समिति सदस्यबन्नकुनै बन्देज लगाएको छैन् ।


आज आयोजित सो पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिको पूर्ण पाठ यस्तो छ –

प्र्रेस नोट

सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।


बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफइन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझाई छ। प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा हामी र हामीसँग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहिकतैबाट जोडिएको छैन्।
हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन्, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैनन् र हाम्रो समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन्।


कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरि, हाम्रो सार्वजनिक छविमा क्षती पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी यसमा गम्भिर आपत्ती समेत प्रकट गर्दछौं।


नेपालमा निजी कम्पनी स्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट हाम्रो स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको हो । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको हो ।


त्यस लगत्तै बेलायत लगायतअन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमाकम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेवसाईटमा समेत राखेका छौं।


यीकम्पनी स्थापना गर्नकालागि नेपालबाट लगानीबाहिर लगेको पनि होइन्। बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनीहो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनी मार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं। अवैध च्यानल मार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजर अन्दाज गर्न मिल्दैन ।


नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएका छ। यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुलग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ । कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ। आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्सुरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवलकार, डिस होम सेवासम्म विस्तार भएको छ।


आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशलमनीएक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएको हो।


कम्पनी सुरुवात गरेपछि म (चन्द्रप्रसाद ढकाल) त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ। मेरो भाई हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासिय नेपाली हुन्। उनले सन् ९० को दशकदेखि जापान,मलेसिया, बेलायतलगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन्। विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्नकालागि नेपालबाट मात्र गरेर सम्भवन हुने हुँदा भाई हेमराज ढकाल गैरआवासिय नेपालीको हैसियतमा नेपालीहरु भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपालभित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएका छन् ।

नेपालको कानुनले गैर आवासिय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चाल नगर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन् ।
कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरुको अहिलेको राष्ट्रियता बेलायती हो। उहाँहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ती जनाउनु पर्ने, गैरकानुनी हुनु नपर्ने हो।


खोज पत्रकारितामा विख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनु नपर्ने हो। त्यसमाथि बेलायतमा स्थापनागर्ने कम्पनी, त्यसले गर्ने व्यवसायिक देखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुन्छ। यसरी सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोज पत्रकारिताका नाममा हामीमाथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको हामी स्पष्ट पार्न चाहन्छौं।

चन्द्रप्रसाद ढकाल
अध्यक्ष, आइएमई ग्रुप
मिति :२०७५।१०।०३