१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा आफैंले दिएको आदेश आफैंले गर्याे बदर, चौधरी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्न नपाउने



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदातलले चौधरी ग्रुपलाई मोबाइल सेवा सञ्चालन गर्न दिने आदेश परिर्वन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले चौधरी ग्रपलाई मोवाईल सेवा संचालन गर्न दिने निर्णय गरेपनि आफैंले दिएको आदेश आफैंले बदर गरेको हो।

न्यायाधीश जोशीको एकल इजलासबाट सिजी कम्युनिकेसन प्रालि (सिजी टेलिकम) लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न’ भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएका थिए।

उक्त आदेश खारेज गर्न भन्दै दूरसञ्चार प्राधिकरणले पुस २४ गते भ्याकेट निवेदन दिएको थियो।

आफ्नो कुरा राख्ने अवसर नदिइ एकतर्फि कुरा सुनेर गरिएको आदेश खारेज गर्नुपर्ने प्राधिकरणको तर्क थियो।
आधारभूत टेलिफोन सेवाको अनुमति पाएको भन्ने निवेदकको गलत तथ्यमा उभिएर उक्त आदेश गरेको भन्दै प्राधिकरणले भ्याकेट हालेको थियो।

ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न भन्दै सरकारको १ करोड १८ लाख अमेरिकी डलर अनुदान पाएको टेलिकमले ५ सय ३४ गाविसमा सेवा पुर्‍याउने दायित्व पुरा नगरी बसेको भन्दै प्राधिकरणले विगतमा कारबाही गरेको थियो।