७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

पार्टी एकताले गति नलिएकाे भन्दै नेकपा नेता रावल अाक्राेशित

पार्टी एकताले गति नलिएकाे भन्दै नेकपा नेता रावल अाक्राेशित
अ+ अ-

अछाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले पार्टी एकताको कामले गति लिन नसकेको भन्दै अाक्राे व्यक्त गर्नुभएकाे छ ।

प्रेस सङ्गठनले अछाममा गरेकाे एक कार्यक्रममा उहाँले भन्नुभयो, “केही समय अघि बसेको स्थायी कमिटी बैठकले दिएको सुझावअनुसार पार्टी एकताको कामले गति लिन सकेको छैन ।”

नेता रावलले पुस मसान्तभित्र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी बाँडफाँट, जिल्ला कमिटी गठनलगायतका काम गर्ने गरी नौ सदस्यीय कार्यदल बनाइएको भए पनि काम सम्पन्न नभएको र यसबाट विभिन्न क्षेत्रमा समस्या परेको बताउनुभयो ।

“पार्टी स्थानीय कमिटीको एकता र पूर्णताका काम हुन नसक्दा सयौँ नेता कार्यकर्ता बेरोजगार जस्तै भएको छ”, उहाँले भन्नुभयो, “यसको असर सरकार सञ्चालनमा पनि परेको छ ।”

नेता रावलले सरकार सञ्चालन गर्दा पनि पार्टीले सङ्घीय, प्रदेश तथा स्थानीय चुनावमा अघि सारेको चुनावी एजेण्डा र घोषणापत्रअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने बताउँदै उहाँले यस विषयमा आफूले पटकपटक आवाज उठाएको धारणा व्यक्त गर्नुभयो ।

टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई शपथग्रहण गराइएको विषयमा समेत पार्टीमा छलफल नभएको उहाँले बताउनुभयो ।

नेता रावलले सुदूरपश्चिमको विकासका विभिन्न योजनालाई प्रभावकारीरुपमा अघि बढाउन आफूले सरोकारवालालाई घच्घच्याइरहेको उल्लेख गर्दै अब छिट्टै सेती लोकमार्गको काम अघि बढ्ने बताउनुभयो ।

मध्यपहाडी लोकमार्गलेसमेत गति लिएको, पश्चिम सेती निर्माणका लागि सरकारलाई खबरदारी गरिरहेको बताउँदै उहाँले नेपालकै महत्वपूर्ण योजनाका रुपमा रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा चलखेल भइरहेको धारणा व्यक्त गर्नुभयो ।

नेता रावलले अछाममा निर्माणाधीन चित्रे र रिठाबगर पुलको काम तत्काल हुनुपर्ने कुरामा आफूले जोड दिएको बताउँदै विकास, समृद्धि, राष्ट्रियता र स्वाधीनताका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।