२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्यादाक्रमप्रति लाेकसेवा आयोगको विमति



अ+ अ-

काठमाडौँः संवैधानिक हैसियतमा रहेकाे लोकसेवा आयोगले सरकारले हालै तोकेको नयाँ मर्यादाक्रममाथि विमति जनाएको छ ।

बिहीबार बसेको आयोगको बैठकले संवैधानिक निकायका सदस्यको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखको लगत्तैपछि कायम गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीको मात्र अपमान नभई समग्रमा संवैधानिक निकायकै संस्थागत मर्यादामा ह्रास भएको छ ।”

मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदको भूमिका र गरिमालाई आधार मान्नुपर्नेमा कुनै मापदण्डविना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले गलत निर्णय भएको आयोगले जनाएको छ ।

मर्यादाक्रमप्रति अन्य निकायका पदाधिकारहरूकाे समेत असन्तुष्टि बाहिर अाइरहेकाले पनि याे निर्णयकाे अपरिपक्वता स्वतः सिद्ध भएकाे छ । यसर्थ यसलाइ संशाेधन गरी संवैधानिक निकायका सदस्यहरूकाे मर्यादाक्रम साविककाे जस्तै संवैधानिक निकायका प्रमुखहरूकाे लगत्तै पछि कायम गर्न सरकारसँग अाग्रह गर्दछ, अायाेगकाे विज्ञप्तिमा भनिएकाेछ ।