१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्यादाक्रमप्रति लाेकसेवा आयोगको विमति



अ+ अ-

काठमाडौँः संवैधानिक हैसियतमा रहेकाे लोकसेवा आयोगले सरकारले हालै तोकेको नयाँ मर्यादाक्रममाथि विमति जनाएको छ ।

बिहीबार बसेको आयोगको बैठकले संवैधानिक निकायका सदस्यको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखको लगत्तैपछि कायम गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राख्नुले संवैधानिक पदाधिकारीको मात्र अपमान नभई समग्रमा संवैधानिक निकायकै संस्थागत मर्यादामा ह्रास भएको छ ।”

मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदको भूमिका र गरिमालाई आधार मान्नुपर्नेमा कुनै मापदण्डविना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले गलत निर्णय भएको आयोगले जनाएको छ ।

मर्यादाक्रमप्रति अन्य निकायका पदाधिकारहरूकाे समेत असन्तुष्टि बाहिर अाइरहेकाले पनि याे निर्णयकाे अपरिपक्वता स्वतः सिद्ध भएकाे छ । यसर्थ यसलाइ संशाेधन गरी संवैधानिक निकायका सदस्यहरूकाे मर्यादाक्रम साविककाे जस्तै संवैधानिक निकायका प्रमुखहरूकाे लगत्तै पछि कायम गर्न सरकारसँग अाग्रह गर्दछ, अायाेगकाे विज्ञप्तिमा भनिएकाेछ ।