७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

जापानमा नेपाली श्रमिक पठाउन संयन्त्र बनाउने सहमति

जापानमा नेपाली श्रमिक पठाउन संयन्त्र बनाउने सहमति
अ+ अ-

काठमाडौँ — नेपाल र जापानबिच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति भएको छ । नेपाल र जापानी प्रतिनिधिबिच बुधबार  काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा यस्तो सहमति भएको हो ।


जापानी प्रतिनिधिमण्डलसँगको छलफलमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रुपमा स्थापित भएका नवीनतम् मान्यता एवं मापदण्डअनुरुप श्रमिक पठाउने विषयमा जोड दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आगामी दिनमा द्विपक्षीय संवादलाई निरन्तरता दिँदै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्थाअनुरुप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमतिसमेत भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।

छलफलका क्रममा नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यममार्फत नेपालको विकासमा योगदान पु¥याउने वातावरणको सिर्जना गरी दुवै देशले सहकार्य गर्दै जाने सहमतिसमेत भएको छ ।

छलफलको क्रममा जापानको अध्यागमनसम्बन्धी संशोधित कानूनी व्यवस्थाअनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानूनी प्रावधान जापानी पक्षबाट जानकारी लिइएको मन्त्रालयले जनाएको छ ।

व्यवस्थित, सुरक्षित र मर्यादित रुपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रवद्र्धन हुने गरी समझदारी कायम गर्नेलगायत श्रमिक आप्रवासनका विविध आयाममा छलफल भएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

बैठकमा आगामी दिन द्विपक्षीय संवाद कायम गर्दै उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ ।

नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्‍याउने वातावरणको सिर्जना गर्ने गरी दुवै देशले सहकार्य गर्दै जाने सहमति भएको छ ।