![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/himal.jpg)
काठमाडौं । अत्याधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका छन् ।
लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएको हो । उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए ।
त्यसैगरी अर्का एक जना गत शनिबारदेखि बेपत्ता भएका थिए । उनको शव बुधबार भेटिएको थियो ।
समाचारमा जनाइए अनुसार लिच भन्ने ठाँउमा २८ बर्षिय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो ।
त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आईतबार मृत अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् ।
खराब मौसमी अवस्थाका कारण हिमपात भइरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा कठिनाई भएको उद्धारकर्मीहरुको भनाई छ । समाचार राजधानी दैनिकमा छ ।