१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीमा बँदेल आतङ्क



अ+ अ-

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पुर्याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीयवासी बताउँछन् ।

बँदेलको आक्रमणमा परी सरावल–१ बस्ने वैजनाथ कामीको ११ वर्षीया छोरी रीता विक, वडा नं २ स्थित कुटी बस्ने वर्ष २५ का रामप्रसाद महतो, वडा नं १ बस्ने वर्ष २८ का प्रेम नारायण महतो र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–११ बस्ने वर्ष २५ का भुवन महतो घाइते भएको बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवले जानकारी दिनुभयो ।

घाइतेमध्ये चिन्ताजनक अवस्थाकी ११ वर्षीया रीता विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ भने अन्य तीन घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताउनुभयो ।

बँदेल आक्रमण गरेको थाहा पाएलगत्तै उक्त कार्यालयका दुई कर्मचारी र बासाबसही प्रहरी चौकीका प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।