२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.03

Humidity: 82

Latest
सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना राजस्व छलि आरोपमा मुद्दा दायर पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घट्यो रवि विरुद्धको मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न अदालतको आदेश ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण



अ+ अ-

काभ्रेपलाञ्चोक । मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ ।

नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न वातावरण ऐन बनाइयो, अब एक हप्तामै नियमावली बनाएर बन्द गर्नतिर लाग्छौँ ।”

पाँचखाल नपाको वडा नं ७, ८, ९ र १२ मा सात इँटा उद्योग सञ्चालित छन् । पाँचखालका इँटा उद्योगको वातावरण प्रभाव मूल्याङ्कन ९आईइइ० अध्ययन गर्दा सबै इँटा उद्योग स्वीकृतअनुसार ९८ प्रतिशतसम्म मापदण्डविपरीत सञ्चालनमा रहेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मापदण्डविपरीत सञ्चालित इँटा उद्योग बन्द गर्ने विषयमा केन्द्र र प्रदेश सरकारको निर्णय कु¥यौँ, तर अहिलेसम्म नआउँदा हामीले ऐन बनाएर बन्द गर्ने निर्णयमा पुग्यौँ ।”

नपाले तयार पारेको वातावरण ऐनमा ‘नागरिककको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न, वातावरणीय जोखिम न्यूनीकरण गर्न तथा प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न कानूनी व्यवस्था वान्छनीय भएकाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम नगरसभाले यो ऐन बनाएको छ’ भनिएको छ । ऐनको नाम ‘पाँचखाल नगरपालिकाको वातावरण संरक्षण ऐन–२०७५’ राखिएको छ ।