७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ

माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ
अ+ अ-


काठमाडौँ । नेपाल विद्यार्थी संघका नेताहरुले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिएका छन् ।


बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सरोज कुमार थापाले अध्यक्ष नैनसिंह महरको व्यक्तिगत स्वार्थको कारण महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् ।


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘दुई वर्षको समय सकियो, कुनै काम भएन, समयमा केन्द्रीय समितिको बैठक बस्न सकेन, बारम्बार थपेको समय सकिँदा पनि नेतृत्वले नैतिक रुपमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न सकेन, पार्टीको आगामी माघ १० गते बस्ने केन्द्रीय समितिको बैठकले विद्यमान संघको नेतृत्व खारेज गरेर तदर्थ समिति गठन गरोस्, त्यसले नेविसंघ र स्ववियुको निर्वाचन गर्न सकोस् ।’


दु्ई वर्षसम्म नेविसंघलाई सभापति महर र महामन्त्री कुन्दनराज काफ्लले आफ्नो व्यक्तिगत र गुटगत स्वार्थको भूमरीमा पारेको महामन्त्री थापाको दाबी छ ।
उनले भने,‘दुई वर्षसम्म नेविसंघलाई आफ्नो स्वार्थअनुसार चलाउन खोज्नु भयो, अन्ततः आज आएर उहाँहरु एक ठाउँमा उभिनुभएको छ, नैतिक पतन बनेर नेतृत्वमा बसिरहनुको कुनै औचित्य छैन्, विद्यमान नेतृत्वले नै संघको महाधिवेशन गर्छ भनेर पार्टी र हजारौं विद्यार्थी नेता कार्यकर्ताहरुलाई भ्रममा पार्नुभएको छ ।’


त्यस्तै नेविसंघका अर्का नेता दिपक भट्टराईले सभापति महर र महामन्त्री कुन्दनराज काफ्लेका कारण नेविसंघको १२ औं महाधिवेशन हुन नसकेको आरोप लगाए ।
उनले भने,‘महाधिवेशनको विकल्प महाधिवेशन भन्न लगाउने तर आफ्नो गुट र स्वार्थलाई त्यागेर संगठनलाई बलियो पार्न नसक्ने नेतृत्व छ, थपिएको समयमा सभापतिले डडेलधुरामा जिल्ला महाधिवेशन गर्न सक्नुभएन, महामन्त्रीले दोलखामा गर्न सक्नुभएन, यही कुराले उहाँहरु अफल हो, लाचार नेता हो, बाटो खुल्ला पनि नगर्ने, काम पनि नगर्ने ? यस्तो पनि हुन्छ ?’


साक्षात्कारमा संघका केन्द्रीय सदस्य भोला नेपालले आगामी माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले हालको नेतृत्वलाई खारेज गरेर तदर्थ समिति गठन गर्नुपर्ने माग गरे ।
उनले भने,‘हिजोदेखि कामचलाउ बनेको नेविसंघको नेतृत्वलाई कुनैपनि हालतमा आगामी १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले खारेज गरोस् र महाधिवेशको लागि तदर्थ समिति चयन गरोस् ।’


त्यस्तै कार्यक्रममा नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले आगामी १० गतेभित्र संघका सभापति महरलाई संगठनको बारेमा कुनैपनि काम नगर्न चेतावनी दिएका छन् ।
उनले भने,‘सभापतिज्यूले दुई वर्षसम्म काम गर्न सक्नुभएन, थपिएको समयमा पनि महाधिवेशन गर्न सक्नुभएन, अबका ७ दिनमा के नै गर्नुहुन्छ र ? त्यसैले कुनैपनि काम नगर्नुहोस्, यदि काम गरेको फेला पारिएको खण्डमा खतरा हुनेछ, म सचेत गराउन चाहन्छु ।’
वर्तमान नेतत्वलाई अवैध बनिसकेको बताउँदै वैद्यले भने,‘महर निकम्बा बन्नुभएको छ, उहाँले हामी लाखौं विद्यार्थीहरुको भावनालाई बुझ्न सक्नुभएन, विद्यार्थी भविष्य र संगठनको हितविपरित, विधानविपरित चल्नुभयो, यस्तो अवैध बन्ने महरले यी ७ दिनमा पनि कुनै काम नगर्नुहोला, तदर्थ समितिबाहेक अरु कुनैपनि बाहनाको नेतृत्वले संघको महाधिवेशन गर्न सक्दैन, यदि तदर्थ समितिभन्दा बाहिर अर्को निर्णय भयो भने पार्टी कार्यालयमा हजारौं विद्यार्थीहरुको जुलुस लाग्नेछ, त्यसको नेतृत्व नेविसंघ काठमाडौंले गर्नेछ ।’