७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

कम्युनिष्टहरु कुरामात्र गर्छन्, काम गर्दैनन्– सहमहामन्त्री डा.महत

कम्युनिष्टहरु कुरामात्र गर्छन्, काम गर्दैनन्– सहमहामन्त्री डा.महत
अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टहरु कुरामात्र गर्ने तर काम नगर्ने भएकोले देशमा अहिले बेथिति भएको बताएका छन् ।
नेपाली काँग्रेस रुपन्देहीद्वारा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले भने– कम्युनिष्टहरु कुरामात्र गर्छन् काम गर्दैनन् तर काँग्रेसले भने कुरा नगरीकनै काममात्र गर्ने गर्छ । उनले देशको विकास र कानुनी शासनका लागि काँग्रेस नै चाहिने बताए ।
सहमहामन्त्री डा.महतले कम्युनिष्टहरुले भाषणमात्र गरेर आस्वासनको पोको बाँड्ने गरेकाले नै अहिले देशको यो हालत भएको हो भने । उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप पनि लगाए ।
उनको भनाई थियो– यो सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको छ, यसको पछिल्लो उदाहरण वाइडबडी खरिद प्रकरण हो ।
सहमहामन्त्री डा.महतले वर्तमान सरकारको कुशासनका कारण देशमा वैदेशिक लगानी नआएको र स्वदेशमा पनि लगानीको वातावरण निर्माण हुन नसकेको बताए । नेपालमा लगानीको वातावरण नरहेको कारण नै अहिले देशमा वैदेशिक लगानी घटेको उनको भनाई थियो ।
जनतालाई झुटो आश्वासन दिएर सत्तामा पुगेका कम्युनिष्टहरुको वर्षदिनको कामले नै जनतामा व्यापक निराशा पलाएको उनको भनाई थियो । सहमहामन्त्री डा.महतले भने– कम्युनिष्टहरुको नक्कली आश्वासन जनताले बुझिसकेका छन्, अब उनीहरुको सक्कली स्वरुप देखिइसकेको छ ।
सहमहामन्त्री डा.महतले दुई तिहाइको भनिएको अहिलेको सरकारबाट जनतालाई राहत मिल्ने कुनै पनि काम हुन नसकेको बरु उल्टै नागरिकलाई करैकरले थिचेर व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुने खतरा देखिएको उनको भनाई थियो । अहिले हेर्दा महंगी, हत्या हिंसा र भ्रष्टाचार नै यो सरकारको उपहार जस्तो हुन पुगेको उनको भनाई थियो ।
दशेका उद्योगी व्यावसायीहरुलाई आतंकित बनाइएको, प्रेसलाई तर्साएर आफ्नो नियन्त्रणमा राख्ने प्रयत्न गरिएको तथा देशको कर्मचारी प्रशासनलाई त्रसित बनाएर पार्टीको नियन्त्रणमा राख्ने दुष्यो सरकारले गरेको सहमहामन्त्री डा. महतको आरोप थियो ।
सो प्रशिक्षण कार्यक्रममा डा.महतले नेपाली काँग्रेसले लिएको आर्थिक नीतिको बारेमा प्रशिक्षण दिनेछन् ।