१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र सय घुस लिदालिदै बाराका खरिदार पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय सिमरा, बारामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट खटेको टोलिले साहलाई रू १,५०० रकम घुसबापतको लिइसकेको अवस्थामा नियन्त्रण गरेको सह सचिव रामेश्वर दंगालले जनाकारी दिएका छन् ।

साहले नागरिकता प्रमाणपत्र बनाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार पक्राउ गरेको थियो ।

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) बमोजिम कसुर गरेको पुष्टि गरि बिगो बापत रू.१,५०० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को देहाय (क) बमोजिम सजाय हुने मागदाबी सहित आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।