५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट नियममा परिवर्तनः अब बलरले बलमा थुक लगाउन पाउने छैनन्



अ+ अ-

एजेन्सी । मेर्लबन क्रिकेट क्लब (एमसीसी)ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधन गर्ने घोषणा गरेको छ । यद्यपि, यो वर्षको अक्टोबर १ पछि मात्र उक्त नियम लागू हुनेछ । 

अर्थात् अष्ट्रेलियामा हुन लागेको टी–२० विश्वकपअघि क्रिकेटको नियम परिवर्तन हुनेछन् ।

एमसीसीले अब क्रिकेटमा बल चम्काउन थुक्ने प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसअघि कोभिड–१९ का कारण मात्रै यो नियम लागू भएको थियो तर अहिले एमसीसीले यसलाई परिवर्तन गर्दै कानुन बनाउने भएको छ । खेलाडीहरूले बललाई चम्काउन पसिनाको प्रयोग गरिरहेका थिए र यो उत्तिकै प्रभावकारी थियो ।

नयाँ कानूनले बलमा थुक लगाउन अनुमति दिनेछैन । किनभने खेलाडीहरूले बलमा थुक लगाउन चिनी युक्त उत्पादनहरू प्रयोग गर्ने गरेको पाइएको छ । तसर्थ, बलमा थुकको प्रयोगलाई बलको स्थिति परिवर्तन गर्ने कुनै अन्य अनुचित विधिको रूपमा व्यवहार गरिनेछ ।

एमसीसीको नयाँ नियम अनुसार अब कुनै पनि खेलाडी आउट भएपछि मैदानमा रहेका नयाँ खेलाडीले मात्रै स्ट्राइक लिने भएका छन् । खेलाडीले अन्तिम विकेट अघि स्ट्राइक परिवर्तन गरे पनि यो लागू हुनेछ ।

अहिले सम्म, यदि सट खेल्ने खेलाडी क्याच आउट हुनु अघि बलिङ एन्डमा पुग्यो भने, नयाँ ब्याट्सम्यान नन स्ट्राइकर अन्तमा रहन्थ्यो। अब कुनै पनि आउट भएमा, नयाँ खेलाडीले मात्र स्ट्राइक लिनेछन् ।

एमसीसीको सुझावमा इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले द हन्ड्रेड लिगमा पनि पहिलो पटक यसको प्रयास गरेको थियो ।

आईसीसीले पनि मान्काडिङमा ठूलो परिवर्तन गरेको छ । पहिले क्रिकेट नियम ४१ बमोजिम यसलाई खेल भावना विपरित मानिन्थ्यो तर अब यसलाई नियम ३८ अर्थात रनआउटमा राखिनेछ ।

डेड बलको नियममा पनि परिवर्तन गरिएको छ । यदि खेल मैदानमा कुनै व्यक्ति, जनावर वा अन्य वस्तुले दुवै पक्षलाई क्षति पुर्‍याउँछ भने, यसलाई मृत बल मानिनेछ। अचानक मैदानमा फ्यान पसेको वा कुकुर अचानक मैदानमा पसेको कारण खेल प्रभावित भएमा अम्पायरले डेड बलको सङ्केत दिनेछन् ।